जापानको सिजुओकाका एक नेपालीको निधन

ज्याक खड्का

सिजुओखा, जापान । जापानमा नेपाली युवाको उपचारको क्रममा असामयिक निधन भएको छ।

नेपाल बागलुङ जिल्ला गलकोट नगरपालिका-४ घर भएका ३८ बर्षिय पुर्ण बहादुर खत्रीको ब्रेन हेमोरेजका कारण उपचारकै क्रममा निधन भएको हो।

३ बर्ष देखि जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा कार्यरत खत्रीको जनवरी ८ तारिख साँझ ५ बजे निधन भएको हो।

असामयिक निधन भएका खत्रीको नेपालमा श्रीमती, ३ छोरी र एक छोरा रहेका छन्। मृतक खत्रीको अन्तिम दाहसंस्कार जापानमा नै जनवरी १० तारिख आईतबार गरिने भएको छ।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेका खत्रीको दाहसंस्कार लगायतमा आर्थिक सहायतको अनुरोध गर्दै अन्तिम संस्कार निम्न मिती,  स्थान र समयमा हुने बताईएको छ।

अन्तिम संस्कार हुने

मिती : २०२१/१/ १० (आईतबार )

समय : दिउसो १:३० बजे

स्थान : 富士宮聖苑(फुजिनोमिया सेईयन)

ठेगाना: 〒418-0111 静岡県富士宮市山宮3678−13

फोन नं. : 0544-58-3311 (नाभीको लागी)

Loading...