पोखरा महानगरकी उपप्रमुख गुरुङलाई कोरोना संक्रमण पुष्टि

 पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए। तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन्।

स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। रिपोर्ट पोजेटिभ आएपछि उनी पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा होम आइसोलेसनमा बसेकी छिन।

उनले छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेको बताएकी छिन्।

Loading...