Home > विश्व

आइएसका लडाकुसँग बिहे गर्न देश छोडेकी किशोरीको नागरिकता ब्रिटेनद्वारा रद्द

बीबीसी । पन्ध्र वर्षको उमेरमा चार वर्षअघि इस्लामिक स्टेट (आइएस) समूहका लडाकुसँग बिहे गर्न लण्डन छाडेर सिरिया पुगेकी एक किशोरीको ब्रिटिस नागरिकता रद्द गरिएको छ। उनको आमाबुवा बांग्लादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको ब्रिटिस अधिकारीहरूले बताएका छन्। शमिमा बेगमलाई गत साता एक सिरियाली शरणार्थी शिविरमा फेला पारिएको थियो। आइएसको

पुरा पढ्नुहोस्

कश्मीरमा भारतले आक्रमण गरे कडा प्रतिकार गर्ने पाकिस्तानको चेतावनी

काठमाडौँ । इमरान खानले कश्मीर घटनामा पाकिस्तान संलग्न भएको प्रमाण देखाउन भारतलाई चुनौती दिएका छन्। पाकिस्तानले भारतबाट आफूविरुद्ध सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी दिएको छ। गत हप्ता भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले पाकिस्तानलाई सो घटना गराएको आरोप लगाउँदै कारबाही गर्ने धम्की दिँदै आएको छ। पाकिस्तानका प्रधानमन्त्री

पुरा पढ्नुहोस्

के ट्रम्पलाई अमेरिकी राष्ट्रपतिबाट हटाउने योजना बनेको थियो ?

बीबीसी । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटको न्यायिक समितिका सभापतिले सन् २०१७ मा राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनेबारे भएका भनिएका छलफलको जरोसम्म पुगेर अनुसन्धान गरिने बताएका छन्। सङ्घीय जाँच ब्यूरो (एफबीआई)का भूतपूर्व कार्यवाहक प्रमुख एन्ड्रिउ म्याक्याबले सहमहान्यायाधिवक्ता रोड रोजन्स्टाइनले २५औँ संशोधन भनिने एक संवैधानिक व्यवस्था ब्युँताउन आवश्यक सङ्ख्याबारे आफूसँग कुरा गरेको

पुरा पढ्नुहोस्

साउदी अरेबियाका युवराजले गरे पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने सम्झौता

बीबीसी । साउदी अरेबियाले कमजोर अर्थतन्त्रमा सुधार गर्ने प्रयास गरिरहेको पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने सहमति गरेको छ। साउदी युवराज मोहम्मद बिन सलमान एशिया भ्रमणको सिलसिलामा पाकिस्तान पुग्दा ठूलो लगानीको घोषणा भएको हो। चरम आर्थिक सङ्कट खेपिरहेको पाकिस्तानले आफ्नो स्थिति सुधार्न अन्तर्राष्ट्रिय सहयोग खोज्दै आएको छ। सहमतिअनुसार आठ अर्ब डलर रकम

पुरा पढ्नुहोस्

एउटै कोख तर फरक बुवाबाट जन्मिएका जुम्ल्याहा सन्तान

काठमाडौँ । एलेक्जेन्ड्रा र कोल्डर १९ महिनाका जुम्ल्याहा हुन्। तर उनीहरूका बुवा भने एउटै व्यक्ति होइनन्। एलेक्जेन्ड्राका पिता साइमन हुन् भने उनीसँगै जन्मिएका उनका जुम्ल्याहा भाइकोल्डरका पिता ग्रेएम हुन्। चार बुवा, तीन देश र दुई सन्तान पिता बन्ने इच्छा भएका साइमन र ग्रेएम बर्नी-एड्वार्ड्जसमक्ष ठूलो चुनौती थियो। सरोगेट आमा मेग स्टोनले जन्माएका

पुरा पढ्नुहोस्

काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

श्रीनगर । भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ। काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो। गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ। भिडन्तका क्रममा

पुरा पढ्नुहोस्

विवादास्पद सलमानलाई पाकिस्तानमा रेड कार्पेट बिछ्याएर भव्य स्वागत

बीबीसी । वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि एउटा भब्य स्वागत गर्दैछ। र, यो सजिलै देख्न सकिन्छ की प्रधानमन्त्री इमरान खान किन पैसा चाहन्छन् र त्यो पनि छिट्टै। एमबीएस भनेर चिनिने मोहम्मद बिन

पुरा पढ्नुहोस्

थाईल्याण्डकी राजकुमारी प्रधानमन्त्री पदमा चुनाव लड्ने

काठमाडौँ । अभूतपूर्व निर्णय लिदैँ थाईल्याण्डमा राजकुमारी उबोलरत्ना माहिडोलले प्रधानमन्त्रीको चुनाव लड्ने भएकी छन्। थाई राजाकी ६७ वर्षिया दिदीले पूर्वप्रधानमन्त्री थाकसिन सिनावत नजिक रहेको दलबाट चुनाव लड्ने भएकी हुन्। यो निर्णयले थाई राजपरिवारको राजनीतिबाट टाढै रहने परम्परालाई तोडेको छ। थाईल्याण्डमा मार्च २४ गते प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। पाँच वर्षको सेनाको शासनपछि हुन

पुरा पढ्नुहोस्

घरमा ठोक्किएर अमेरिकामा विमान दुर्घटना, पाँचजनाको मृत्यु

अमेरिकी । अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफोर्नियमा दुर्घटनाग्रस्त भएको छ। विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर विमान दुर्घटना भएको हो। दुर्घटनामा विमानका चालकसहित अन्य चारजनाको ज्यान गएको छ। वर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा विमान र योर्वा

पुरा पढ्नुहोस्

भेनेजुएला संकट : पैसाको अभाव धान्न ढुकुटीको सुन बेच्दै सरकार

बीबीसी । भेनेजुएलाको सरकारले ढुकुटीको सुन बेचेर भएपनि आवश्यक रकमको जोहो गरिरहेको नयाँ प्रमाणहरू फेला परिरहेका छन्। भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन र आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न आफ्नो स्रोतहरूको बिक्री गर्न थालेका प्रमाणहरू बाहिर आइरहेका छन्। त्यसक्रममा उसले आफ्नो ढुकुटीको सुन बेचिरहेको थप प्रमाण फेला परेको छ। यूएईको आबु धाबी स्थित लगानी

पुरा पढ्नुहोस्