Home > समाज

कञ्चनपुरमै घट्यो अर्को घटना, आमाकै काखबाट ९ महिने बालिका गायब !

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगर ९ महिनाकी बालिका चोरी भएको छ । पुनर्वास नगरपालिका ८ को क गाउँमा आमाको काखबाटै बालिका चोरी भएको प्रहरीले जनाएको छ । तीजका लागि माइत गएका बेला आफ्नो काखबाट राति २ बजेतिर नचिनेका मनिसले ९ महिनाकी छोरी सरुलाई लगेको आमा बेलुदेवी विष्टले बताएको प्रहरीले जनाएको छ । घटनाको

पुरा पढ्नुहोस्

निर्दयी बाबु जसले गरे आफ्नै छोरीको हत्या !

बाजुरा । स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए। हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरभन्दा बाहिर करीब २० मिटर पर हत्या गरेको अवस्थामा बालिकाको शव भेटिएको

पुरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्डमा भीषण पहिरो, माइत जान हिडेका चेलीको बिचल्ली

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भने,

पुरा पढ्नुहोस्

निर्मला हत्या प्रकरणः विश्वस्त छैन परिवार ‘सबै फोटो खिचाउन मात्र आएजस्तो गर्छन् !’

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् । भेट्न पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहोर्‍याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे । ‘देशका सबै लागेर पनि त्यो अझै लुकेको छ, कति शक्तिशाली छ त्यो ?’ आमा दुर्गादेवीले प्रश्न गरिन् । प्रत्युत्तरमा मन्त्री

पुरा पढ्नुहोस्

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै !

एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि

पुरा पढ्नुहोस्

सासूको हत्या आरोपमा बुहारी पक्राउ, प्रहरीसमक्ष दिइन् यस्तो बयान

दाङ । आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएकी एक महिलालाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ । दाङको दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या गरी फरार रहेकी बुहारी टङ्की रावतलाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक

पुरा पढ्नुहोस्

आज श्रीकृष्ण जन्माष्टमी : देशभरी भगवान् कृष्णको पूजा-आराधना गरी मनाइँदै

काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू

पुरा पढ्नुहोस्

कञ्चनपुरमा फेरि चल्याे गाेली, एक जनाको मृत्यु ४ जना घाइते

कञ्चनपुर ।कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट छन् । घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । निर्मला पन्तको बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले जिल्ला प्रशासन

पुरा पढ्नुहोस्

कञ्चनपुरका सीडीअो र एसपी फेरिए

काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो । मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन

पुरा पढ्नुहोस्

छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडौं । आफ्नै छोरीको हत्या गरेको आरोपमा झापा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । कुटपिट गरी ८ वर्षीया छोरी सफलताको हत्या गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता कुरुम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । स्कुल जाने बेलामा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गरेकी थिइन् । आमाको

पुरा पढ्नुहोस्