The news from New Generation with new vision.

वडाध्यक्षमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

दाङ शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीन जनालाई मङ्गलबार राति शान्तिनगर २ बाट पक्राउ गरिएको हो । उनीहरुको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।

मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ

यो पनि पढ्नुहोस् :   ओलीले मुलुकलाई दुर्घटना तर्फ धकेले : वरिष्ठ नेता पौडेल
सम्बन्धित पाेष्टहरु