The news from New Generation with new vision.

पोखरासहित गण्डकीका ६ जिल्लामा २८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान पोखरा महानगरपालिकाका ३० बर्षीय पुरुषसहित गण्डकीका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

कास्कीका १ पुरुष, तनहुँका १ महिला, स्याङ्जाका ६ पुरुष तथा २ महिला, गोरखाका २ पुरुष तथा १ महिला बागलुङका ३ महिला र नवलपुरका १० पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो।

निर्देशनालयका अनुसार कास्की र नवलपुरका संक्रमितलाइ आइसोलेसनमा राखिएको र अन्य जिल्लाका संक्रमितलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ९४ पुगेको छ ।

प्रदेशमा हालसम्म २ सय १४ जना संक्रमण मुक्त भएका छन् । गण्डकीमा कोरोनाबाट हालसम्म २ जनाले ज्यान गुमाएका छन् ।

यो पनि पढ्नुहोस् :   संकटका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो नै कम्युनिष्टको समाजवाद हो त ? : वरिष्ठ नेता पौडेल
सम्बन्धित पाेष्टहरु