The news from New Generation with new vision.

स्वास्थ्य विभागका महानिर्देशकलाई मन्त्रालय तानियो, दीपेन्द्र रमण नयाँ महानिर्देशक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको सरुवा गरेको छ।

उनलाई मन्त्रालय तानेर विभागको महानिर्देशकमा १२औँ तहका अर्का प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहलाई पठाईएको छ । त्यसैगरी व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई पनि मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयले विभागको महानिर्देशकमा १२औँ तहका अर्का प्रमुख विशेषज्ञ डा सिंह र व्यवस्थापन महाशाखामा हाल राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको छ।

मन्त्रालयले परोपकार प्रसुति गृह थापाथलीका निर्देशक डा.जागेश्‍वर गौतमलाई पनि मन्त्रालय सरुवा गरेको छ भने उनको ठाउँमा डा. संगीता कौशललाई पठाएको छ।

यो पनि पढ्नुहोस् :   उपत्यकाकै ढलमा कोरोना भाइरस, भित्रभित्रै संक्रमण फैलिएको आशंका
सम्बन्धित पाेष्टहरु