The news from New Generation with new vision.

नेपालमा एकैदिनमा भेटिए ३३४ जना नयाँ संक्रमित, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं । नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बिहिबार थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ ।

प्रादेशिक विवरण :

प्रदेश १ : १९७

प्रदेश २ : ९६३

बाग्मती प्रदेश : ५९

गण्डकी प्रदेश : ५३

प्रदेश नं ५ : ८९८

कर्णाली प्रदेश :  ३८३

सुदुरपश्चिम प्रदेश : ८१

यो पनि पढ्नुहोस् :   ओलीले मुलुकलाई दुर्घटना तर्फ धकेले : वरिष्ठ नेता पौडेल
सम्बन्धित पाेष्टहरु