The news from New Generation with new vision.

हस्तकलाको चिन्हले तपाईको क्षमता दर्शाउँछ

हस्तरेखा ज्योतिषका अनुसार हातमा भएका रेखाका जत्तिकै महत्व हत्केलामा भएका अलगअलग पर्वतको पनि हुने गर्दछ । मानिसको ह’त्के’लामा सूर्यदेखि राहु ग्रहसम्म बनिएका हुन्छन्।

कान्छि औलाको मुनि बुधपर्वत बनेको हुन्छ। हस्तरेखा ज्योतिष विज्ञानका अनुसार यस पर्वतद्धारा ब्यक्तिको बौद्धिक क्षमता र व्यक्तिको मानसम्मानका बारेमा जान्न सकिन्छ। यस अलावा उक्तपर्वतको सहाराले निम्न कुराको ज्ञान पाउन सकिन्छ।

यदिकुनै ब्यक्तिको हत्केलामा बुधपर्वतमा एक ठाडो रेखा बन्दछ भने यस्ता ब्यक्तिको घर र समाजमा अत्यन्त धेरै मान सम्मानप्राप्त हुन्छ ।

यदिकुनै मानिसको ह’त्के’लामा बुधपर्वत उठेर आएको छ भने यस्ता ब्यक्तिले अन्यको तुलनामा अत्यन्त कम समयमा मानिसलाई प्रभावित पार्दछन्।

यदिकुनै ब्यक्तिको हत्केलामा बुधपर्वत सफा र स्प’ष्ट देखिन्छ भने यस्ता व्यक्ति सम्पुर्ण प्रकारको सु’ख भोग गर्ने योग राख्दछन् ।

यदिकुनै ब्यक्ति हत्केलामा बुधपर्वत दबिएको छ भने यस्ता मानिसको जीवनमा हमेशा धनको अभाव हुने गर्दछ।

यदिकुनै ब्यक्तिको हत्केलाको बुधपर्वत काटिएको वा अन्य रेखाद्धारा केरमेट छ भने यस्ता ब्यक्तिको बौद्धिक क्षमता सामान्य स्तरको हुने गर्दछ ।

यो पनि पढ्नुहोस् :   लक्ष्मी समान हुन्छन् यी ३ राशिका बुहारीहरु
सम्बन्धित पाेष्टहरु