The news from New Generation with new vision.

गण्डकी प्रदेशमा बिहानै थपिए १६ जना कोरोना सङ्क्रमित

पोखरा । नेपालमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेहरुमा बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ। निसीखोला गाउँपालिकाका २२ र २९ वर्षका २ जना पुरुष र ३३ वर्षकी एक महिला पनि संक्रमित छन् ।

निर्देशनालयका अनुसार, पर्वतको फलेबास नगरपालिकाका २१ वर्षीय २ जना पुरुष र बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

अन्य कोरोना पोजेटिभ देखिनेहरुमा स्याङ्जाको कालीगण्डकीका १८ वर्षीय एक किशोर र म्याग्दीको मंगलाका १९ वर्षीय किशोरमा कोरोना देखिएको हो। यो सँगै गण्डकी प्रदेशम कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

यो पनि पढ्नुहोस् :   यस्ता छन् भिजाएको चना खानुका फाइदाहरु
सम्बन्धित पाेष्टहरु