The news from New Generation with new vision.

अन्ततः निर्णयबाट पछि हट्यो सरकार, कर बुझाउने म्याद असार ७ सम्म थप

काठमाडौं । व्यापक बिरोध भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आज आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका जानकारी गराएको हो ।

यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ । मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दोस्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ गतेसम्म कायम गरिएको विभागले जनाएको छ ।

अन्त शूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ गतेसम्म नै बनाइएको छ । आयकर ऐन अनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै तय गरिएको छ ।

सरकाले कोरोनाका त्रासकै बीच गरिएको लकडाउनमै जेठ २५ कर तिर्न सुचना जारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगाएतका विभिन्न दलहरु र व्यापारी तथा निजी क्षेत्रले व्यापक बिरोध गरेका थिए ।

यो पनि पढ्नुहोस् :   आज पनि सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आजको मूल्य ?
सम्बन्धित पाेष्टहरु