The news from New Generation with new vision.

विदेशबाट फर्कनेलाई रोजगारको व्यबस्था गरौं : प्रदेश सांसद मल्ल

काठमाडौं । गण्डकी प्रदेश साँसद भागवत प्रकाश मल्लले कोरोनामहामारीका कारणले बिदेशबाट बेरोजगार भएर फर्किने युवाहरुलाई रोजगार बनाउने योजना अगाडी ल्याउन प्रदेश सरकारलाई सुझाब दिएका छन् ।

गण्डकी प्रदेशको आजको प्रदेश सभा बैठकमा बोल्दै मल्लले कोरोनाबाट आम नागरिकलाई बचाउन र भोकबाट जोगाउन प्रदेश सरकारसँग कुनै ठोस योजना नरहेको भन्दै विदेशबाट फर्कनेहरुका रोजगारको योजना अगाडी वढाउनुपर्ने बताएका हुन् ।

उनले विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि साँसद विकास कोषको रकम संसदलाई नदिएर कोरोना नियन्त्रणमा खर्च गर्न सुझाव समेत दिए । स्याङ्जा हनिाशका एक युवा भारतबाट नेपाल आउने क्रममा सिमानामा मृत्यु भएको जानकारी समेत गराउँदै यस्ता घटना दोहोरिन नदिन उनले माग गरे ।

यस्तै, भारतबाटै आएका फेदीखोला गाउँपालिकाका एक स्थानीय मृत्यु भएको प्रसंगमा सांसद मल्लले मृतकका परिवारलाई राहत दिन र यसरी लापरवाही नगर्न ध्यानाकर्षण पनि गराए । सवारी साधन मापदण्ड ऐन बनेपछि विषयगत मन्त्रालय र सम्बन्धित कार्यालय रुट प्रमिटका नाममा लुट मच्चाएको समेत मल्लको आरोप थियो ।

यो पनि पढ्नुहोस् :   ओलीले मुलुकलाई दुर्घटना तर्फ धकेले : वरिष्ठ नेता पौडेल
सम्बन्धित पाेष्टहरु