The news from New Generation with new vision.

स्याङ्जाको कालिका अस्पतालमा वाईफाई र टेलिभिजन सहितको आइसोलेसन

काठमाडौं । स्याङ्जा भिरकोट नगरपालिकाको कालिका सामुदायिक अस्पताल मंगलबार देखि सुविधासम्पन्न आइसोलेसन सहित कोरोना अस्पतालमा परिणत गरिएको छ ।

भीरकोट नगरपालिका–१ स्थित हेलुमा रहेको अस्पतालमा ६० वेडको वाईफाई, टेलिभिजन, सीसी क्यामेरा सहितको सुविधा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या एक हप्तामा १२ पुगेपछि सामुदायिक अस्पतालमा आसोलेसन तयार गरिएको हो ।

स्याङ्जा जिल्लाको सदरमुकाममा भएको जिल्ला अस्पतालमा पुरुषको लागि मात्र १० शैयाको आइसोलेसन तयार गरिएकोमा संक्रमण बढ्दै गएकोले कालिका अस्पतालमा आइसोलेसन तयार गरिएको भिरकोट नगरपालिकाका मेयर छायाराम खनालले जानकारी दिए ।

  पीसीआर परीक्षण र थप भेन्टिलेटरसहितको उपचार सेवा उपलब्ध गराउन सबै पालिका एकजुट हुनुपर्ने मेयर खनालले बताए । जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै वार्ड नभएका कारण यस अघि एक संक्रमित महिलालाई पोखरामा पठाउनु परेको थियो ।

मंगलबार संक्रमित भेटिएका चापाकोट र विरुवाका ५ जनालाई कालिकाकै आसोलेसनमा राखिएको छ।

जिल्लाको मध्यभागमा रहेको सो अस्पतालले वि।सं। २०६२ देखि गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा यहाँका नागरिकलाई विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दे आएको छ ।

यो पनि पढ्नुहोस् :   बागलुङ र तनहूँमा संक्रमित थपिए, गण्डकीमा कुल १०९१ पुगे संक्रमित
सम्बन्धित पाेष्टहरु