The news from New Generation with new vision.

थप १३ जनामा कोरोना, १८ सय नाघे संक्रमित

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले सोमबार दिउँसो मात्र नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको थियो । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

यो पनि पढ्नुहोस् :   भारतीय चर्चित कोरियोग्राफर सरोज खानको निधन
सम्बन्धित पाेष्टहरु