The news from New Generation with new vision.

नेपालमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं । नेपालमा शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ । मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ ।

यसैगरी बाराको करैयामाईमा तथा काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर ६ मा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म कोरोना संक्रमण पुष्टि भएका ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ ।

यो पनि पढ्नुहोस् :   नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकैदिन २८८ नयाँ संक्रमित
सम्बन्धित पाेष्टहरु