The news from New Generation with new vision.

पाकिस्तानमा आवासीय क्षेत्रमा जेट विमान दुर्घटनाग्रस्त, दर्जनौँको मृत्यु

पाकिस्तान । पाकिस्तानमा शुक्रबार विमान दुर्घटना हुँदा दर्जनौँ मानिसहरुको ज्यान गएको छ ।

मा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरुको ज्यान गएको भनिएपनि यसबारे पुष्टि हुन भने बाँकी छ । छ ।

कराँचीका मेयरले विमानमा सवार सवैको मृत्यु भएको पुष्टि गरेका हुन् । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन्।

क्षति भएको घरमा कोही मानिस थिए कि थिएनन् वा उनीहरुको अवस्था कस्तो छ भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।

यो पनि पढ्नुहोस् :   एकैदिन ९० जना कोरोना संक्रमित थपिए
सम्बन्धित पाेष्टहरु