The news from New Generation with new vision.

प्रदेश-१ का सांसदहरुको स्वाब संकलन

मोरङ । प्रदेश नं १ सभाका संसादहरुले कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गराउन थालेका छन।

प्रदेश सभा सचिवालयको आग्रहमा प्रदेश नं १ समाजिक बिकास मन्त्रालय मातहतका प्राबिधिकहरुबाट आज शुक्रबारदेखी प्रदेश सांसदहरुले कोरोना परीक्षण गराउन थ्रोट स्वाब संकलन गराउन थालेका हुन।

शुक्रबार र शनिबार दुई दिन प्रदेश सभाका सभामुख, उपसभामुख, सबै सांसदहरु, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र चालकहरुको कोरोना परीक्षणकालागि स्वाब संकलन गरिने प्रदेश सभा सचिवालयका प्रबक्त्ता राजाराम दाहालले बताए।

प्रबक्त्ता दाहालका अनुसार १४ जेठ दिउँसो २ बजेदेखी प्रदेश नं १ सभाको बजेट अधिबेशन आरम्भ हुनेछ।

यसैले प्रदेश सभामा बैठकमा सहभागी हुने सांसद, सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी, व्यावस्थापन गर्ने कर्मचारी, सांसदका चालकहरु अनि संसदिय मामिलामा रिर्पोटिङ गर्ने पत्रकारहरुको कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण गर्न स्वाब संकलन गर्न थालिएको हो।

परीक्षणमा कोरोना संक्रमण पाइएमा सांसदहरुले बजेट अधिबेशनको बैठकमा सहभागी हुन पाउने छैनन। प्रदेश सभाले कोरोना संक्रमण हुन नदिन समाजिक दुरी बनाएर बजेट अधिबेशन सञ्चालन गर्ने व्यावस्था मिलाएको छ।

यो पनि पढ्नुहोस् :   गण्डकी प्रदेशमा बिहानै थपिए १६ जना कोरोना सङ्क्रमित
सम्बन्धित पाेष्टहरु