The news from New Generation with new vision.

आरडिटी परीक्षणमा नेपालमा ११ प्रदेशसभा सदस्यलाई कोरोना देखियो

प्रदेश नं ५  प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ।

आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ ।

शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  प्रदेशसभाको नियमावलीबमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् :   स्याङ्जामा थप ५ जनामा कोरोना, पर्वतमा पनि देखियो पहिलो पटक संक्रमण 
सम्बन्धित पाेष्टहरु