The news from New Generation with new vision.

मनिषाले गरिन् नेपालको नयाँ नक्साको स्वागत, खनिए भारतीय मिडिया

काठमाडाैँ । सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ।

यसमा थुप्रै नेपाली खुशी भएका छन् । नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन् ।

मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ।

मनिषालाई भारतबाट लखेट्न माग

कतिले मनिषाले नेपालको समर्थन गरेको भन्दै निकै गालीसमेत गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न राग। यसलाई भारतबाट लखेट । यसको फिल्म बहिष्कार गर। ’

यो पनि पढ्नुहोस् :   नेपालमा काेराेना सँक्रमितकाे संख्या २३ सय पुग्याे, २४ घण्टामा २०१ जना थपिए
सम्बन्धित पाेष्टहरु