The news from New Generation with new vision.

‘आरोप प्रमाणित भए सबै माननीयज्यूको अगाडी झुण्डिन तयार छु’

काठमाडौं । तनहुँबाट प्रतिनिधिसभामा निर्वाचित नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको आरोप प्रमाणित भए झुण्डिन तयार भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सांसद अपहरणको आरोप प्रमाणित भए झुण्डिन तयार रहेको ठोकुवा गरेका हुन् ।

उनले भने, ‘सभामुख महोदय, केहि हप्ता अगाडी सांसद अपहरणका कुरा आए, म लगायत माननीय महेश बस्नेतजीको समेत चरित्र हत्या गर्ने काम जुन भयो, सम्पूर्ण माननीयज्यूलाई साक्षी राखेर भन्न चाहान्छु, अपहरणको आरोप लगाउनेलाई म चुनौती दिन चाहान्छु, यदि प्रमाणित भयो भने सबै माननीयज्यूको अगाडी झुण्डिन तयार छु ? के आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् । ’

श्रेष्ठ र बस्नेतले समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवले सांसद अपहरण गरेको भन्दै संसदमा समेत आलोचना भएको थियो ।

यो पनि पढ्नुहोस् :   नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकैदिन २८८ नयाँ संक्रमित
सम्बन्धित पाेष्टहरु