The news from New Generation with new vision.

आगामी वर्ष पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउने

काठमाडौं । सरकारले दुई अन्तराष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्ष २०७७/७८ मा संचालनको घोषणा गरेको छ ।यसअघि चालु आवमै संचालनको योजना रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल संचालनको लक्ष्यसमेत पछाडी धकेलिएको हो । साथै, पोखरामा निर्माणाधित क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलसमेत आगामी आवमा निर्माण सम्पन्न गरी संचालनमा ल्याइने भएको छ ।

आगामी आवमा त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गरि संचालनमा ल्याइने भएको छ । आगामी आवमा तीन आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ।

यो पनि पढ्नुहोस् :   ४४ जिल्लाका सिडिओको सरुवा 
सम्बन्धित पाेष्टहरु