The news from New Generation with new vision.

कोरोनाबाट विश्वभर २७ लाख संक्रमित, १ लाख ९० हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइर संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेको छ।

विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा मात्र ४९ हजार ८ सय जनाको मृत्यु भएको छ।

विश्वभर अहिलेसम्म ७ लाख ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिकामा ८० हजार जना निको भएका छन्।

अमेरिकापछि बढी प्रभावित इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार जना संक्रमित भएका छन्। स्पेनमा संक्रमित संख्या २ लाख १३ हजार छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ।

फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ।

बेलायतमा १ लाख ३९ हजार संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ।

यो पनि पढ्नुहोस् :   थप १३ जनामा कोरोना, १८ सय नाघे संक्रमित
सम्बन्धित पाेष्टहरु