The news from New Generation with new vision.

देशका १० स्थानमा कोरोना परीक्षण सुरु, ९,१६८ जना क्वारेन्टाइनमा

काठमाडौं । सातै प्रदेशका १० स्थानमा कोरोना भाइरसको परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

आइतबारबाट धुलीखेल अस्पताल, भरतपुर अस्पताल र भैरहवा अस्पतालमा सुरु भएसँगै हाल १० स्थानमा कोरोना परीक्षण सुरु गरिएको उनले जानकारी दिए। सातै प्रदेशका अस्पतालमा सोमबार १०७ जना आइसोलेसनमा उपचार गरिरहेका उनले जानकारी दिए।

“काठमाडौ उपत्यकामा १२ जना र उपत्यका बाहिर ९५ जना आइसोलेसनमा भर्ना भएका छन्,” उनले भने, “सोमबारसम्म देशैभर ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन्।”

कोरोना अपडेट लाईभ (स्वास्थ्य मन्त्रालय)

कोरोना अपडेट लाईभ (स्वास्थ्य मन्त्रालय)

Gepostet von Nayapusta – नयाँ पुस्ता am Montag, 6. April 2020

यो पनि पढ्नुहोस् :   आज मंगलबार, अति शुभ छ यी ९ राशिको भाग्यफल, हेर्नुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु