The news from New Generation with new vision.

नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर बने महाप्रसाद अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो । गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त गरेको हो ।

यसअघि गर्भनर सिफारिस समितिले अधिकारीसहित पूर्वअर्थसचिव डा. राजन खनाल र चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको थियो ।

चैत ५ गतेदेखि यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको थियो ।  सरकारको निर्णयसँगै अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर भएका छन् ।

यो पनि पढ्नुहोस् :   स्याङ्जामा थप ५ जनामा कोरोना, पर्वतमा पनि देखियो पहिलो पटक संक्रमण 
सम्बन्धित पाेष्टहरु