The news from New Generation with new vision.

मिथुन राशिका लागि यस्तो छ २०७७ साल, हेर्नुहोस् वार्षिक राशिफल

मिथुन राशि  (का.कि.कु.घ.ङ.छ.के.को.ह.) । मिथुन राशिको लागि यो वर्षको पहिलो खण्ड संघर्ष एवं कष्टको बाबजुत उपलब्धिकर रहने छ । रपनि निकै सावधानी अप्नाएर चल्नुपर्ने जरुरी भने देखिन्छ। केहीहद्सम्म व्यापार व्यवसायादिमा प्रगति हुनेछ । गोचरमा कुनै कुनै ग्रहको अवरोधसमेत रहेकोले सोको भने ग्रह उपाचरको उपाय अवलम्बन गरी अघि बढेको खण्डमा अपेक्षित कार्यमा सफलता पाउन सहज हुनेछ । रोजगारीको पर्खाईमा बसेकाहरुलाई नोकरी मिल्नसक्ने तथा विदेशयात्राको प्रतिक्षा गरेकाहरुलाई वैदेशिक यात्रा हुनसक्ने छ । भातृसुख मिल्ने तथा दाजुभाइबीचको सम्बन्धमा सुधार आउने छ ।

केही द्विविधाको बाबजुत दाम्पत्यगाँठो कसिने छ भने विवाहितहरुको दाम्पत्यसम्बन्ध एवं प्रेमपारखीहरुको प्रेमसम्बन्धमा पनि तसै सुधार आउने छ ।  कृषकहरुको लागि खेतीपाती तथा पशुपालनमा आंशिक सुधार देखिएको छ।

पढाईमा विषयान्तर तथा अवरोधको स्थिति नआउला भन्न नसकिने भएकोले विद्यार्थी भाइबहिनीहरुले मनबुद्धिलाई शान्त एवं एकाग्र गर्ने अभ्यास गर्नु बुद्धिमानी हुनेछ ।

 महादशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरुलाई शिरशूल, स्नायु तथा नशारोग, यौनरोग, गर्भाशय, मलाशय, ठूलोआन्द्रा, पौरुष ग्रन्थी, मिर्गौला, संक्रामक रोग र हार्मोनिक समस्या आदिको सम्भावना देखिन्छ । आवश्यक सावधानी अप्नाउनु होला । वर्षको दोस्रो खण्डमा प्रतिकूल तथा विपरित फल बढ्ने छ । सन्तानको पक्षमा केही चिन्ता तथा दोष वा द्वन्द व्यहोर्न नपर्ला पनि भन्न सकिन्न।

पूरा राशिफल हेर्न यो लिंकमा जानुहोस्

ज्योतिष तथा वास्तुसम्बन्धी थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नहोला ।
ज्यो.पं. वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)
९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७
Email : [email protected]
Facebook: https://www.facebook.com/astrologerde…
Twitter: https://twitter.com/astrodeepakguru

 

यो पनि पढ्नुहोस् :   गण्डकी प्रदेशमा बिहानै थपिए १६ जना कोरोना सङ्क्रमित
सम्बन्धित पाेष्टहरु