The news from New Generation with new vision.

कोरोनाभाइरसः कतारमा कार्यरत नेपाली श्रमिक सोध्छन्, ‘खोइ त हाम्रो सरकार’

बीबीसी । चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत खाडी राष्ट्र कतारमा शुक्रवारसम्म ५४९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।

२८ लाखभन्दा केही बढी जनसङ्ख्या रहेको कतारमा त्यसको लगभग १५ प्रतिशत मात्रै कतारीहरूले ओगट्ने र बाँकी अन्य देशबाट आएका श्रमिक रहेको बताइन्छ।

कतारको जनस्वास्थ्य मन्त्रालयले १३ हजार छ सयभन्दा बढीमा परीक्षण गरिएको भने पनि कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको राष्ट्रियता खुल्ने विवरण सार्वजनिक गरेको छैन।

त्यहाँ पछिल्लो आठ वर्षदेखि कार्यरत एक नेपाली श्रमिकले बीबीसीलाई सम्पर्क गरी सत्यतथ्य सूचना नपाएको र छटपटी भइरहेको अनुभव सुनाएका छन्।

हाम्रो अभिभावक खोइ ?

सुरक्षाका कारण नाम गोप्य राख्न अनुरोध गर्दै ती श्रमिकले भने, “सुरक्षित हुनलाई सरकारले भनेका नियमहरू पालना गरिरहेको छु। तर अरू देशमा जस्तो यति जना नेपाली श्रमिकमा सङक्रमण देखिए वा यति जना उपचारपछि निको भए भनेर यहाँ केही पनि भनिएको छैन। राजदूतावासलाई सम्पर्क गर्दा पनि केही जानकारी पाउन सकिँदैन। भोलि मलाई नै सङ्क्रमण देखियो भने पनि आफ्नै राजदूतावासलाई र परिवारलाई खबर गर्न नसकिने अवस्था छ।”

“कतारमा कति नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, कति जना क्वारन्टीनमा राखिएका छन् भन्ने हाम्रो राज्य र अभिभावकलाई नै थाहा हुँदैन भने हामीले कसको भरोसा गर्ने?।”

सुरक्षागार्डको काम गरिरहेका उनले आफू दुई सय जनाभन्दा बढी दक्षिण एशिया र अफ्रिकाका विभिन्न कामदारहरूसँग एउटै आवासमा बसिरहेको जानकारी दिए।

एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने गाडिमा दैनिक ४५ मिनेटको यात्रा गरी आफू काम गर्ने ठाउँमा पुग्ने उनले बताए। उनी भन्छन् “पहिला पनि दिनको २५ जना हाम्रा गाडीमा हुन्थ्यौँ। अहिले पनि हामी २५ जना नै हुन्छौँ। तर कुनै मास्क वा पञ्जाजस्ता सामग्री दिँदैन। काम गर्ने ठाउँमा साबुन पानी छ तर कोठा फर्किएपछि सबैथोक आफैँले व्यवस्था गर्नुपर्छ।”

यो पनि पढ्नुहोस् :   पहिलोपटक नेपालमा नै रहेकी महिलामा कोरोना संक्रमण

उनले थपे, “यस्तो लापरवाही भयो, हामी काममा जान सक्दैनौँ भन्यौँ भने सुतेर बस् हामी खाना दिँदैनौँ भन्ने गर्छ। सुरक्षागार्डको काम नै खोसियो भने ज्याला पनि नआउने अवस्था हुन्छ। त्यही भएर कोही बोल्न सकिरहेका छैनन्।”

कतार नेपाली श्रमिकको मुख्य गन्तव्य हो

विस‍ं २०५९ सालमा नेपाली सेनामा भर्ना भएका ती व्यक्ति द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले अपहरण गरेपछि एक वर्ष नपुग्दै जागिर छाडेर वैदेशिक रोजगारीमा गएका थिए।

उनले त्यसयता कतारबाहेक साउदी अरेबीया र इराकमा सुरक्षागार्डका रूपमा काम गरेका छन्। उनले कतिपय कार्यस्थलमा सुरक्षा गार्डहरूको ‍सङ्ख्या घटाइएकाले कतिपय नेपाली कामदारहरू काम नगरि बसिरहेको बताए।

सम्बन्धित पाेष्टहरु