The news from New Generation with new vision.

प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मुटुको चालमा केही तलमाथि देखिए पछि बिहीबार रातिनै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीलाई रातिदेखि शरीरमा असहज महसुस भएको थियो । प्रधानमन्त्री ओलीको अहिले बिहानसम्ममा स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

गत २१ फागुनमा प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यो पनि पढ्नुहोस् :   पहिलोपटक नेपालमा नै रहेकी महिलामा कोरोना संक्रमण
सम्बन्धित पाेष्टहरु