The news from New Generation with new vision.

इटलीमा एकैदिन ७ सय १२ को मृत्यु, स्पेनमा ७ सय १८

काठमाडौं । कोभिड–१९ का कारण इटलीमा एकैदिन ७ सय १२ को मृत्यु भएको छ भने स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ ।

इटलीमा ६ हजार २ सय ३ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ८० हजार पुगेको छ । तीमध्ये ३ हजार ६ सय १२ जनाको अवस्था गम्भीर छ ।

यद्यपि, १० हजार ३ सय ६१ जना निको भएका छन् । साथै, स्पेनमा एकैदिन ७ सय १८ को मृत्यु भएपछि यहाँ अहिलेसम्म ४ हजार ३ सय ६५ को मृत्यु भइसकेको छ ।

साथै, यहाँ ८ हजार २ सय ७१ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । तीमध्ये ३ हजार १ सय ६६ जनाको स्थिती गम्भीर छ । यहाँ ७ हजार १५ जना निको पनि भएका छन् ।

यो पनि पढ्नुहोस् :   राहत वितरणमा कुटपिटको समाचारबारे चापाकोट नगरपालिकाको आपत्ती
सम्बन्धित पाेष्टहरु