The news from New Generation with new vision.

मलेसियामा ‘लकडाउन’को समय दुई हप्ता थपियो

काठमाडौं । मलेसियामा लकडाउनको अवधि दुई हप्ता थपिएको छ । त्यहाँको सरकारले अप्रिल १४ गतेसम्म ‘लकडाउन’ थपेको हो ।

यसअघि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म थपिएको हो । मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि आफूले यस्तो निर्णय लिएको बताए ।

प्रधानमन्त्री यसिनले त्यहाँका नागरिकलाई यो लामो समय घरमै बस्न मानसिक र शारीरिक हिसाबले तयार रहन पनि आग्रह गरेका छन् । मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।

अहिले मलेसियामा १६ सय २४ जनामा कोरोना संक्रमण भइसकेको छ भने कोरोनाकै कारण १६ जनाले ज्यान गुमाइसकेका छन् । वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस् :   ग्यास छैन् ? नआतिनोस् टेकु जानोस्, ५ मिनेटमै ग्यास सिलिण्डर पाइन्छ !
सम्बन्धित पाेष्टहरु