The news from New Generation with new vision.

कोरोना त्रासः कास्कीको देउरालीमा पहिलो दिन नै २१ जना क्वारेन्टाइनमा

देउराली । विश्वभर आतंक मच्चाई रहेको कोरोना भाइरसबाट जोगिन रुपा गाउँपालिकाले निर्माण गरेको सुविधा सम्पन्न क्वारेन्टाइनमा बस्ने मानिसको संख्या २१ पुगेको छ । गाउँपालिकाले कोरोनाको संक्रमणबाट जोगिन वैदेशिक रोजगारीमा गएर फर्किएका गाउँवासीलाई १४ दिनको अनिर्वाय क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको हो ।

सुरुमा २० शैयाको क्वारेन्टाइन निर्माण गरिएपनि वैदेशिक रोजगारीबाट फर्किएकाहरु थपिँदैगएपछि गाउँपालिकाले देउरालीमा २१ जनालाई राख्ने व्यवस्था गरेको हो ।

गाउँपालिकाले आजैबाट क्वारेन्टाइन सुचारु गरेको र साँझसम्म क्वारेन्टाइनमा २१ जना आइपुगेकेको गाउँपालिकाका स्वास्थ्य संयोजक आनन्दलाल जोशीले नयाँ पुस्तालाई बताए ।

उनले भने “आजबाट सुरु भएको क्वारेन्टाइनमा अहिले बेलुकासम्म २१ आउँनुभएको छ, अझै केही व्यक्तिहरु सम्पर्कमा हुनुहुन्छ, भोलिसम्म ४–५ जना थपिने सम्भावना छ ।”  क्वारेन्टाइमा रहनेको उपचारसहितको सम्पूर्ण खर्च गाउँपालिकाले नै गर्ने छ।

विश्वमा कोरोना अपडेट

यस्तै नेपाल सरकारले सोमबार काठमाडौँमा एक नेपाली युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएसँगै आजदेखि चैत्र १८ गतेसम्मका लागि अल नेपाल ‘लकडाउन’ गरेको छ । हालसम्म एक नेपाली युवती बाहेक कोही पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी भएको छैन ।

मंगलबार साँझ ९ बजेसम्म विश्वका १९६ देशमा फैलिएको कोरोना भाइरसबाट ३ लाख ९६ हजार २ सय ३६ जना मानिस संक्रमित भएका छन्। जसमध्ये १७ हजार २ सय ५० जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

सबैभन्दा बढी कोरोना प्रभावित देश

यो पनि पढ्नुहोस् :   कोरोना भाईरसविरुद्ध लड्न नेयमारको ५ मिलियन सहयोग
सम्बन्धित पाेष्टहरु