The news from New Generation with new vision.

लियो क्लब वालिङमा नयाँ नेतृत्व, अध्यक्षमा खाँण सर्वसम्मत

काटमाडौं । लियो क्लब अफ वालिङ सिटिको अध्यक्षमा दिक्षान्तप्रताप खाँण निर्वाचित भएका छन् । शुक्रबार स्याङजाको वालिङमा सम्पन्न क्लबको पहिलो अधिवेशनले खाँणलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनको अध्यक्षीय सल्लाहकारमा विशाल बगाले, प्रथम उपाध्यक्षमा सुमना लामिछाने (मनिषा), द्धितिय उपाध्यक्षमा खुम शर्मा विपुल, तृतिय उपाध्यक्षमा प्रज्वल रनपाल, सचिवमा हरि रेग्मी, सहसचिवमा नेत्रबहादुर खत्री, कोषाध्यक्षमा इन्द्रा श्रेष्ठ एन्जल, पिआरओमा सरोज लम्साल, क्लब निर्देशकमा मणि सुवेदी, सचेतकमा समिर श्रेष्ठ, संरक्षकमा किशोर बस्याल, कमिटि चियर पर्सनमा सिद्धान्तप्रताप खाँणलाई चयन गरेको छ ।

कार्यक्रममा लायन्स क्लबका पुर्व अध्यक्ष तथा ३२५ बि वान चिल्ड्रेन अवारनेस प्रसन चेतनारायण श्रेष्ठले क्लब स्थापनाको छोटो समयमा नै सामाजिक तथा रचनात्मक कार्यमा परिचित भएको भन्दै प्रशंशा गरेका थिए । त्यस्तै लायन्स क्लबका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराई, शिक्षक नवराज पौडेल लगायतले युवाहरुको क्रियाशिलता प्रति आफूहरुको सदैव साथ सहयोग प्रतिबद्धता जनाए ।

नवनिर्वाचित अध्यक्ष खाँणले युवाको नेतृत्व विकास गर्दै सकरात्मक कार्यमा उत्प्रेरित गराउन आफू लागि पर्ने बताए । बर्ष २०१९/२० का अध्यक्ष विदुषा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मणि सुवेदी र सञ्चालन सचिव हरि रेग्मीले गरेका थिए ।

यो पनि पढ्नुहोस् :   राहत वितरणमा कुटपिटको समाचारबारे चापाकोट नगरपालिकाको आपत्ती
सम्बन्धित पाेष्टहरु