The news from New Generation with new vision.

पोखरामा विदेशी नागरिक मृत फेला

पोखरा । पोखरामा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

पोखरा -०६ डिहिकोपाटन स्थित भिलेज इन होटलमा मंगलबार बिहान करिव ८ :४५ बजे एक अमेरिकी नागरिक मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला पर्नेमा पासपोर्ट नम्बर ५९५६२४७१२ रहेका ७० वर्षीय बृद्ध मार्क स्चोनफेल्ड रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

घटनाको वारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :   कोरोनाबाट मृत्यु भएमा १५ लाख दिने निर्णय
सम्बन्धित पाेष्टहरु