The news from New Generation with new vision.

ओली सरकारको दुई वर्ष कार्यकालमा प्रतिपक्षी काँग्रेसको तीन मिनेटको समीक्षा

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेकपाले घोषणापत्रमा उल्लेख गरेका कुराहरु नै बिर्सिएको आरोप लगाएको छ ।

नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्ष अवधिको समीक्षा तीन मिनेटमै भिडियो समीक्षा गर्दै यस्तो बताएका हुन् । उनले जारी गरेको भिडियोमा दुईवर्षमा सरकार कामचलाउ भएको, हस्तक्षेपकारी, अलमलको भएको टिप्पणी गरिएको छ ।

उनले सरकार अधिनायकवाद उन्मुख भएको उल्लेख गरेका छन् । उनले भिडियोको सुरुमा सरकारलाई दुई वर्ष पूरा गरेकोमा बधाई दिएका छन् । लगत्तै उनी प्रश्न गर्छन्, ‘तर जनताको बधाइ प्राप्त गर्ने गरी काम के के भए त ?’

प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षे उपलब्धिबारे संसदमा लामै फेहरिस्त सुनाएको चर्चा गर्दै उनले भिडियोमा नेकपाको चुनावी घोषणापत्रमा उल्लेखित दुई वर्षे योजना कति पूरा भए भन्नेबारे लेखाजोखा गरेका छन् ।

तीन मिनेटमा गरेको टिप्पणी भिडियोमा हेर्नुहोस् :

यो पनि पढ्नुहोस् :   परिणाममुखी काम गर्न सरकारलाई काँग्रेस महामन्त्रीको आग्रह
सम्बन्धित पाेष्टहरु