The news from New Generation with new vision.

वुहानमा अस्पताल निर्देशकको ज्यान गयो

काठमाडौं । चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको हो । उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् । वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो ।

यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो । उनीमाथि कारबाही पनि गरिएको थियो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । सोमबारसम्म एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ । कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक एक जनाको ज्यान गएको छ ।

यो पनि पढ्नुहोस् :   ग्यास छैन् ? नआतिनोस् टेकु जानोस्, ५ मिनेटमै ग्यास सिलिण्डर पाइन्छ !
सम्बन्धित पाेष्टहरु