The news from New Generation with new vision.

अमेरिकन आइडलको शीर्ष २० मा नेपाली गायक दिवेश पोखरेल

काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष स्थानमा पुगेका छन् ।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी शीर्ष २० मा छानिएका हुन् । २० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् । अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् ।

१८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।

यो पनि पढ्नुहोस् :   यी ९ राशिका लागी अति शुभ छ आजको दिन, हेर्नुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु