The news from New Generation with new vision.

बर्दियाका बिपन्न बालबालिकाको घाउमा सफा सुनौलो नेपालको मलम !

बर्दिया । सफा सुनौलो नेपालले बर्दियाका बिपन्न समुदायका बालबालिकाहरुको घाउमा मलम लगाउने कार्य गरेको छ । सुनौलो नेपालले बर्दियाका पाँच वटा सामुदायिक विद्यालयका एक हजार भन्दा वढि बालवालिकालाई स्टेशनरी तथा स्कुल झोला वितरण गर्दै उनीहरुको घाउमा मलम लगाएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण बीचैमा विद्यालय छाडेका, अपाङ्ग, अध्ययनका लागि कापी कलमको अभाव भएकाहरुका लागि कुनै पनि बालबालिका विद्यालय जानबाट वन्चित नहुन भन्ने उद्देश्यले सुनौले नेपालले उक्त सामाग्री वितरण गरेको हो ।

जिल्लाका मधुवन नगरपालिका वार्ड न १ को जागृति आधारभुत विद्यालय, वार्ड न १ कै सरस्वति आधारभुत विद्यालय, गेरुवा गाउपालिकाको नवज्योति आधाभुत विद्यालय, गेरुवाकै पसुपति मावि र राजापुर नगरपालिकाको अमर शहिद दशचन्द माविका वालविकास देखि ५ कक्षा सम्म अध्ययनरत बालवालिकालाई स्कुल व्याग तथा स्टेशनरी सामान वितरण गरिएको हो । विद्यालयमा बालविकास देखि कक्षा ५ सम्म अध्ययनरत बालवालिकाहरुले स्कुल व्याग र स्टेशनरी सामान पाउदा बालवालिकाका र अभिभावकहरु पनि निकै खुसी देखिए ।

उक्त स्टेशनरी सामाग्री वितरण कार्यक्रमका लागि पहल गरेका नेपाली काग्रेसका महासमिति सदस्य एव युवा नेता जन्मजय तिमिल्सिनाले चाइना फाउन्डेसनसग सम्झौता गरेर सफा सुनौलो नेपालको सौजन्यमा राजापुर गेरुवा समाजको पहलमा वालवालिकालाई स्टेशनरी र स्कुल व्याग वितरण गरिएको बताए ।

उनले आफूहरुले गरेको यस्तो कार्यले कतिपय बिद्यार्थीहरुको भबिष्य उज्वल हुने विश्वास समेत लिएका छन् । उनले आफ्नो क्षमताले भ्याएसम्म यस्ता कार्यक्रमहरु बर्दिया जिल्लाभरी सञ्चालन गरिने प्रतिबद्धता समेत जनाए ।

यो पनि पढ्नुहोस् :   गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी
सम्बन्धित पाेष्टहरु