The news from New Generation with new vision.

कलंकीको अन्डरपासमा ट्रिपरको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौँ । कलंकी चोकमा रहेको अन्डरपासमा ट्रिपरको ठक्करबाट २ जनाको ज्यान गएको छ ।

कलंकीको अन्डरपासमा नम्बर नखुलेको ट्रिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको महानगरिय ट्राफिक माहशाखाले जनाएको छ।

उक्त टिप्परको ठक्करबाट रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको महानगरिय ट्राफिक माहशाखाका प्रवक्त उत्तमकुमार श्रेष्ठले बताए ।

ट्र्रिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो।

मोटरसाईकललाई ठक्कर दिएर फरार ट्रिपर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :   ग्यास छैन् ? नआतिनोस् टेकु जानोस्, ५ मिनेटमै ग्यास सिलिण्डर पाइन्छ !
सम्बन्धित पाेष्टहरु