The news from New Generation with new vision.

पेट्रोल र डिजलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले प्रतिलिटर एक रुपैयाँ घटाएको हो। तर, खाना पकाउने ग्यास (एलपी ग्यास) को मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मुल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ।

खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ । यसअघि ग्याँसको भाउ प्रतिसिलिण्डर १३ सय रहेको थियो ।

यो पनि पढ्नुहोस् :   कोरोनाको संक्रमणबाट एकैदिन अमेरिकामा ४ जना नेपालीको मृत्यु
सम्बन्धित पाेष्टहरु