The news from New Generation with new vision.

कलंकीको अन्डरपासमा बस र स्कुल भ्यान ठोक्किँदा ४ जना घाईते 

काठमाडौँ । आइतबार कलंकीको अन्डरपास सडकमा चक्रपथ चल्ने सार्वजनिक बस र स्कुलको भ्यान ठोक्किएको छ । भ्यान र बस ठोक्किँदा चारजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा एकजना स्कुले विद्यार्थी र तीनजना सार्वजनिक बसमा सवार यात्रु रहेका महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रमुख डीएसपी रुगम कुँवरले जानकारी दिए ।

एउटै दिशा (बालाजु) बाट आएको ना५ख ११७२ नम्बरको बस र बा११च ४५३७ नम्बरको स्कुल भ्यान एकआपसमा ठोक्किएको डीएसपी कुँवरले बताए ।

बुढानिलकण्ठ यातायातको बसले चिन्ड्रेन मन्टेश्वरीको स्कुल भ्यानलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।

घाइतेहरुको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

 

यो पनि पढ्नुहोस् :   यी ७ राशिका लागी अति शुभ छ आजको दिन, हेनुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु