The news from New Generation with new vision.

यो साता निकै राम्रो छ यी ८ राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

मेष

कार्य सफल बनाउन थप मेहनत गर्नुपर्नेछ । प्रेमिका नौलो उपहारको अपेक्षामा छिन्, भावना बुझ्दा उत्तम हुनेछ । मित्रको सल्लाहबाट विदेशमा अध्ययनको अवसर जुर्न सक्छ, विलम्ब नगर्नुहोला । झन्झटिला कार्यहरूको बोझ आइलाग्दा सचेत भई कार्य सम्पन्न गर्नुपर्नेछ । कालो रंगको सवारी साधन चलाउँदा सचेत रहनुहोला ।

वृष

भौतिक साधनको उपयोगबाट अरूको मन लोभ्याउन सकिनेछ । मन पराउने साथीको भावनालाई कदर गर्दा उचित्त हुनेछ । नयाँ एवं पुराना कार्यको प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्‍याउनेछ । सामूहिक लगानीमा नयाँ कार्यको प्रारम्भ गर्ने मत मिल्नेछ । सुनौलो रंगको अनुसरणले परिणाम नजिक पुगिनेछ ।

मिथुन

प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिले विदेशको यात्रा तय गर्नेछ । सहयोगीले दिएको सुझावको उपेक्षा नगर्दा लाभ पुग्न सक्छ । खरिद गरिएका सामान छुट्न सक्छन्, होस पुर्‍याउनुहोला । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । भोजभतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुहोला । बढी विश्वासले बेफाइदा नै हुन सक्छ ।

कर्कट

आकर्षक रोजगारी हात लाग्नाले चर्चित भइनेछ । ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको अवसर प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुँदा विवेक पुर्‍याउनुपर्नेछ । घरायसी सजावटमा नवनिर्मित सामग्री खरिद गरी अरूको प्रशंसा बटुल्न सकिनेछ ।

सिंह

आफ्नो प्रतिभा प्रस्तुत गरी इनाम प्राप्त गर्न सक्नुहुनेछ । तथ्य कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ । उथलपुथल पारिवारिक वातावरणबाट अनन्त साथ पाइनेछ । मन मिल्ने साथीको सुझावलाई मात्र विश्वास गर्नाले पछि परिएला । प्रेमको नाटक गरी झुक्याउनेसँग सचेत हुनुपर्नेछ ।

कन्या

ठूला खाले व्यावसायिक योजना तर्जुमा गर्दा फजुल धन खर्च हुन सक्छ । लगानीको क्षेत्रबाट सोचेभन्दा कमै प्रतिफल हात पर्नेछ । प्रेमिकासँगको खटपटमा वादविवाद नगर्दा नै फलिफाप हुनेछ । काममा बेवास्ता गर्नाले अवसर अरूले लिन सक्छन् । गोष्ठी, समारोहमा समावेश हुँदा नेतृत्वदायी भूमिका पाइनेछ ।

यो पनि पढ्नुहोस् :   कोरोना भाइरसबाट शुक्रबार मात्रै ११० जनाको मृत्यु, चीनमा मात्रै ७६ हजारबढी संक्रमित

तुला

प्रशस्त आम्दानी हुने कार्य गर्दा परिवारबाट प्रशंसा पाइनेछ । भावी कार्ययोजना प्रेमिकाले बढी नै मन पराउनेछिन् । गोपनीयता अवलम्बन गरे सहज महसुस होला । दान तथा पूण्य कार्यले तपाईंको व्यवसाय स्वत: उचाइमा पुगी रोकिएका कामसमेत बन्न सक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान दिनुपर्नेछ ।

वृश्चिक

व्यवसायमा प्रबल नेतृत्व गर्ने अवसरको जिम्मेवारी प्राप्त गरिनेछ । कार्य सञ्चालनमा यथाकदा अवरोध तथा कठिनाइ भने महसुस हुनेछन् । कार्य व्यस्ततामा रुमल्लिँदा प्रेमिका चिढिन सक्छिन्, विचार पुर्‍याउनुहोला । रोजगारीका नयाँ अवसर हात पार्न थप मेहनत गर्नुपर्नेछ । विपक्षीको छलकपट र जालझेलमा भने सावधानी अपनाउनुपर्नेछ ।

धनु

अध्ययनको सिलसिलामा विदेशमा पाइला टेकिनेछ । भ्रमणका क्रममा नातेदार तथा कुटुम्भसित भेट भई मनोरञ्जन लिँदा खर्चले पिरोल्नेछ । व्यावसायिक क्षेत्रमा सुधार भई धातुको कारोबारबाट मुनाफा हात लाग्ने सम्भावना छ । पहेलो रंग अवलम्बन गर्नाले बोलीको थप प्रभाव पर्नेछ । परोपकार तथा दान–पूण्यले थप मानसिक शान्ति पाइनेछ ।

मकर : पारिवारिक मनमुटाव तथा खटपटमा निराशा छाउँदा प्रेमिकाले थप ऊर्जा दिलाउनेछिन् । अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन । मित्रहरूको आर्थिक सहयोग ढिलो प्राप्त भई अवसर गुम्दा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा र मनोरञ्जन गर्दा सावधानी अपनाए बेस नै हुनेछ ।

कुम्भ : प्रेमिकासँगको भ्रमणले अरूको मन लोभ्याउनेछ । राज्यस्तरमा थालिएका प्रशासनिक कार्यबाट सहयोग नै मिल्नेछ । बिनायोजना पहिरन तथा गहना खरिद गर्दा खर्चले पिरोल्न सक्छ । पारिवारिक सल्लाहले चुनौतीलाई परास्त गर्न सहज हुनेछ । साताको अन्त्यतिर दान–पूण्यमा सहभागी हुँदै मठ–मन्दिर परिक्रमा गरिनेछ ।

मीन

साता सामान्य तवरले गुज्रनेछ । परिस्थिति पहिचान गरी पुरुषार्थ गरेमा प्रतिष्ठा पाइनेछ । मित्रले दिएको वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । अनुकूल तथा प्रतिकूल अवस्थामा अरूको मुख ताक्नाले पछि परिएला । राजनीतिक विचार परिवर्तन भई परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ ।

यो पनि पढ्नुहोस् :   मौसमले साथ नदिदा पनि गायक खुमनले तताए माहोल
सम्बन्धित पाेष्टहरु