The news from New Generation with new vision.

विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा निधन

पोखरा । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ ।

खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो ।

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए।

यो पनि पढ्नुहोस् :   गायक पशुपति र इन्द्रेणी टिमसँग यसरी झुमे लत्रेपिपलबासी (फोटो फिचरसहित)
सम्बन्धित पाेष्टहरु