The news from New Generation with new vision.

सत्तापक्षले संसदलाई अनिर्णयको बन्दी बनायो : काँग्रेस

सभामुखको निर्वाचनको प्रक्रिया अगाडी बढाउन माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले यथाशिघ्र प्रतिनिधि सभाको बैठक सुचारु गर्न माग गरेको छ ।

आज नेपाली काँग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बसेको बैठकले राष्ट्रपतिले आह्वान गरिसकेपछि पनि सभामुख चयन गर्न नसक्दा सत्तापक्षले संसदलाई अनिर्णयको बन्दी बनाईएको भन्दै प्रतिनिधि सभाको बैठक सुचारु गर्न माग गरेको हो ।

आगामी माघ ६ गते बोलाईएको प्रतिनिधि सभाको बैठकमा जसरी पनि सभामुखको निर्वाचनको प्रक्रिया अगाडी वढाउनुपर्ने निर्णय पनि बैठकले गरेको नेपाली काँग्रेस राष्ट्रिय सभा दलका नेता सुरेन्द्रराज पाण्डेले बताए । यस्तै बैठकले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वारी नदिएका दलहरुलाई नेपाली काँग्रेसका उम्मेद्वारलाई मतदान गर्न अपिल समेत गरेको उनले जानकारी दिए ।

सभामुखमा काँग्रेसले उम्मेद्वारी दिने नदिने बिषयमा फरक दलको सभामुख वा उपसभामुख हुनुपर्ने भएकाले आफूहरुको समेत एक पदमा दाबी रहने भन्दै सत्तापक्षसँग छलफल गरेर मात्र आफूहरुले निर्णय गर्ने उनको भनाइ छ ।

बैठकका अन्य निर्णयहरु बिज्ञप्ति र भिडियोमा हेर्नुहोस् :

नेपाली काँग्रेस संसदीय दलकाे बैठकका निर्णयहरू सार्बजनिक गर्नुहुदै नेपाली काँग्रेस (राष्ट्रिय सभा) दलका नेता सुरेन्द्रराज पाण्डे

Gepostet von Nayapusta – नयाँ पुस्ता am Freitag, 17. Januar 2020

यो पनि पढ्नुहोस् :   गण्डकी बिकास बैँकद्वारा स्याङ्जाको हुनिकोट भ्युपोइन्टमा होडिङ बोर्ड र चियर हस्तान्तरण
सम्बन्धित पाेष्टहरु