The news from New Generation with new vision.

टिकटक भिडियोले लियो १८ वर्षीय युवकको ज्यान 

एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेको सामाजिक सन्जाल टिकटक हो तर, यसका कारण विश्वका विभिन्न ठाउँमा अनेक दुर्घटना पनि निम्तिएका छन् ।

हालसालै टिकटक भिडियो बनाउने चक्करमा भारतको उत्तरप्रदेशस्थित बरेलीमा १८ वर्षीय युवकको मृत्यु भएको छ । टिकटक भिडियो बनाउनकै लागि उनले बन्दुकको प्रयोग गरेका थिए । यसै क्रममा गोली चलेर उनको मृत्यु भएको हो । टिकटक भिडियोका लागि उनले आफ्नो बुबाको बन्दुक आमासँग मागेका थिए ।

केशव कुमारका पिता हाफिजगंज भारतका सिपाही हुन् । केशव कुमारका आमाका अनुसार, उनले बन्दुक नदिने बताएपछि युवकले जिद्धि गर्दै बन्दुक लिएका हुन् । युवकले भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चेटमा गोली प्रहार गरेको प्रहरीले जनाएका छन् ।

उनको बेडरुममा पुग्दा उनी रगतले आहाल भएका थिए । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उनको निधन भएको घोषणा गरियो ।

यो पनि पढ्नुहोस् :   कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु