The news from New Generation with new vision.

विदेश पलायन र भष्ट्राचारबिरुद्ध एक युवाको अठोट

नयाँ पुस्ता बिशेष/काठमाडौं । नेपालमा उचित रोजगारको व्यबस्था नहुँदा दिनहुँ संयौंको संख्यामा नेपालबाट युवाहरुको विदेहिन बाध्य छन्। ऋण आर्जेर अध्ययन गरेर पनि जागिर नपाएपछि युवाहरु बिदेशिन बाध्य छन् ।

पछिल्लो समय नेपालमा वढेको बिदेश पलायन होस् वा नेपालमा ब्याप्त रहेको भष्ट्राचार होस् यसबाट नेपालीहरु आक्रान्त बनिसकेका छन् । विदेश पलायन र भष्ट्राचरबिरुद्ध एक युवाको अठोट काठमाडौं । नेपालमा उचित रोजगारको व्यबस्था नहुँदा दिनहुँ संयौंको संख्यामा नेपालबाट युवाहरुको विदेहशन बाध्य छन् । ऋण आर्जेर अध्ययन गरेर पनि जागिर नपाएपछि युवाहरु बिदेशिन बाध्य भएका हुन् । पछिल्लो समय नेपालमा वढेको बिदेश पलायन होस् वा नेपालमा ब्याप्त रहेको भष्ट्राचार होस् यसबाट नेपालीहरु आक्रान्त बनिसकेका छन् ।

यसरी नै आक्रान्त बनेका कास्की अन्नपूर्ण गाउँपालिका शेराचौर २ घर भएका गणेश अधिकारीले आफ्नो तर्फबाट केहि गरौं भन्ने अभिप्रायका साथ उनले हालसालै पोखरा देखि काठमाडौंसम्म पैदल यात्रा सम्पन्न गरेका छन् । कास्कीको सामान्य पारिवारिक अवस्थामा जन्मेका अधिकारीले सानैदेखि देशलाई केहि गरौं भन्ने लाग्थ्यो र पारिवारिक माहौल पनि राम्रै थियो । हाल त्रिभुवन विश्वविद्यालयमा एमएसी बायोटेक्नोलोजीमा अध्ययनरत अधिकारीले देशको लागि केहि गर्नुपर्छ भन्ने सन्देश दिनका लागि दुइ सय किलोमिटरको पैदल यात्रा सम्पन्न गरेका हुन् ।

‘‘नेपालको भष्ट्राचार र युवा पलायन सबैलाइ थाहा भएको कुरो हो । आफ्नो तर्फबाट आफूले सक्ने चाहि केहि गरुम न भन्ने लागिराथ्यो । आफू के मा सक्षम छु भन्दा हिड्न चाहि सक्ने भएकाले यो उपाए अपनाएको हुँ’’ अधिकारीले भने । ‘‘म एक्लैले बिदेश पलायन र भष्ट्राचार रोक्न सक्दिन यो त एउटा मेरो तर्फबाट प्रतिबद्धता मात्र हो । आफूले कहिल्यै पनि गर्दिन् र त्यसलाई प्रोत्साहन पनि गर्दिन् भन्ने हो मेरो प्रतिबद्धता हो अरुले पनि यस्तै प्रतिबद्धता गर्दै गयौं भने एकदिन अवश्य सम्भव छ उनले थपे ।’’ नेपालमा लोडसेडिङको अन्त्य सम्भव नदेखिएपनि त्यो अहिले पुरा भएको उदाहरण समेत उनले दिए ।

यो पनि पढ्नुहोस् :   कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु

चार दिनको ‘पोखरा टु काठमाडौं’ पैदल यात्राको क्रममा उनी पहिलो दिन दमौली, दोश्रो दिन कुरिनटार, तेश्रो दिन आद्मघाट र चौथो दिनमा काठमाडौं आइपुग्न करिब ७-८ हजार रुपैयाँ खर्च गरे । यात्राका क्रममा केहि नकरात्मक प्रतिक्रिया पाएको भएपनि प्रायः सकारात्मक प्रतिक्रिया नै पाएको उनको भनाइ छ । ‘धेरैले के सहयोग गर्न सक्छौं भनेर उत्साहित हुनुभो केहिले भने पैसाको लागि गरेको कुन एनजीओले सहयोग गरो भन्ने पनि भेटिए, गाडी चढ्यो होला भन्ने पनि भेटिए । तर उनी निस्वार्थ देशको लागि आफूले के गर्न सक्छु भन्ने उद्देश्यले हिडेकाले कुनै प्रतिक्रियाले निरुत्साहित भने बनाएन् । उनले भने, ‘‘कसैलाई देखाउन आफूले यो काम नगरेकोले सन्देश दिन मात्र हिडेको थिए ।

‘‘महिले आइफोनको एप प्रयोग थिए । उक्त एपले के कति किलोमिटर हिड्यो भन्ने रेकर्ड हुन्थ्यो ।’’ ‘लामो दुरी पार गर्ने क्रममा अन्तरक्रिया पनि गरेँ, देश बनाउनुपर्छ भन्ने पनि भेटेँ,’ उनले भने, ‘यात्राको क्रममा भेटिनु भएकाहरुले खुब चासो दिनुभयो । आगामी दिनमा पनि यस्तै अभियानहरुलाई निरन्तरता दिन्छु।’ यात्राका क्रममा एक जना सानो बाबुले भनेको कुराले भने उनलाई थप उत्साह प्रदान गर्‍यो ।

अधिकारी पैदल यात्राकै क्रममा थिए खैरानीटार पुग्नै थालेको थिए एक जना बाबुले यो झण्डा बोकेर हिड्ने को हो ममी भनेपछि उनकी आमाले ‘देशलाई माया गर्ने ब्यक्ति’ भनेको सुन्दा आनन्द आएको बताए । यसअघि पनि चेलिबेटि बेचबिखन विरुद्ध अभियान चलाईसकेका २६ वर्षीय अधिकारीले ‘देश बनाउन एकजनाले मात्र प्रयास गरेर हँदैन, सबैको प्रयास आवश्यक हुने तर एक/एक जनाले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँछन् । यसका अलवा खेलाडीमा समेत आबद्ध उनले कराँतेका ब्लयाक बेल्ट उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी केहि पदक समेत जितेका छन् ।

सम्बन्धित पाेष्टहरु