The news from New Generation with new vision.

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

काठमाडौ । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनीमाया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. थापा मगरको श्रीमान श्रीभूपाल थापा मगरलाई बैँकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना,साना तथा लघुवैकिङ्क प्रमुख ध्रुवराज घिमिरे, वडा सदस्य सुर वहादुर थापाले संयुक्तरुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम ५४ हजार दुई सय ७८ रुपैयाँ र काजकिरिया खर्च बापत पाँच हजार रुपैयाँ समेत गरी कुल ५९ हजार दुई सय ७८ रुपैयाँ बितरण गरेको हो । यसैगरी बैंकले तिर्न बाँकी रहेको कर्जा रकम दुई लाख ११ हजार चार सय ४० रुपैयाँ समेत मिनाह गरेको छ ।

सम्बन्धित पाेष्टहरु