The news from New Generation with new vision.

गायिका प्रिती आलेले दिइन् लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट राजीनामा

काठमाडौं । पछिल्लो समय चर्चित गायिका प्रिती आलेको नयाँ गीत भुत्रो मायाजाल निकै चर्चामा छ ।

यस गीतले अहिले सांगितीक बजार तताएको छ । गायिका प्रिती आलेकै शब्द र संगीत मा बनेको यस गीत अहिले भने बिबादमा आएको छ । यस गीतमा भएको भुत्रो शब्दले गीत बिबादमा आएको हो ।

भुत्रो शब्दको प्रयोगले दुई थरिको अर्थ दिने भन्दै सामाजिक सञ्जालमा निकै चर्चा पनि भएको छ । धेरैले यस्ता शब्दको प्रयोग छाडापन भएको भन्दै प्रतिक्रिया जनाएका छन् । यसैक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट गायिका प्रिती आलेले राजीनामा दिएकी छिन् ।

उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती सदस्य एवं महिला संयोजक पदमा थिइन् । उनले एक विज्ञप्ती निकाल्दै संस्थाबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

यो पनि पढ्नुहोस् :   एक वर्ष नपुग्दै भासियो नारायणगढ-मुग्लिन सडक
सम्बन्धित पाेष्टहरु