The news from New Generation with new vision.

तनहुँ: सभ्यता, रहनसहन, जैविक विविधता र मनोरम ऐतिहासिक पहाडी जिल्ला !

तनहुँ । संघीय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो। १० स्थानीय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउँपालिका छन्। नगरपालिकामा भानु, व्यास, शुक्लागण्डकी, भिमाद रहेका छन् भने गाउँपालिकामा आँबुखैरेनी, बन्दीपुर, देवघाट, म्याग्दे, ऋषिङ र घिरिङ रहेका छन्। तनहुँको सदरमुकाम दमौली हो।

ढोर बाराही मन्दिर

संक्षिप्त परिचय

नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला पूर्वमा गोरखा र चितवन, दक्षिणमा चितवन, नवलपरासी र पश्चिममा स्याङ्गजा र कास्की तथा उत्तरमा कास्की र लमजुङ्ग जिल्लाहरुद्वारा परिवेष्ठित छ। समुद्र सतहबाट १८७ मि. (देवघाट गाउँपालि0का0को कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल) देखि २१३४ मि. (छिम्केश्वरी डाँडा) सम्मका भागहरूमा फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल १५४६ वर्ग कि.मी. (४,६०० हेक्टर) नेपालको कुल भू–भागको १.०५५ रहेको छ।

साथै जिल्लाको पश्चिमूर्व लम्बाई ६२.५ कि.मि. र उत्तर दक्षिण चौडाई ४३.७ कि.मि. रहेको छ। जिल्ला सदरमुकाम दमौली समुद्र सतहदेखि ३७० मिटरको उचाइमा रहेको छ। औषत वर्षा २०५८ मि.मि. रहेको छ भने अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म हुने गर्दछ। भौगोलिक दृष्टिले दक्षिणतर्फ चुरे (१.१५%) र उत्तरतर्फ मध्यपहाडी (९८.८५%) क्षेत्रहरू मिली बनेको यो जिल्ला बनेको छ।

भू–उपयोगको दृष्टिले रुखयुक्त वन क्षेत्रले ७१,७१५.२२ हेक्टर र झाडीयुक्त वन क्षेत्रले ६,३९६.० हेक्टर गरी ७८,१११.२२ हेक्टर (५०.५२५), कृषियोग्य क्षेत्रले ६५,०६१ हेक्टर (४२.०८५), चरन क्षेत्रले ४,३०६ हेक्टर (२.७८५) र अन्य क्षेत्रले ७,१२१.७८ हेक्टर (४.६२५) ओगटेका छन्। हिमालय पर्वतबाट निस्केका मर्स्याङ्गदी र त्रिशूली नदीहरूले पूर्व, कालीगण्डकी नदीले दक्षिण तर्फबाट घेर्नुका साथै मादी र सेती नदीहरूले बीचमा चिरेर जिल्लालाई जल सम्पदामा समेत धनी बनाएका छन्।

राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसंख्या ३,२३,२८८ (नेपालको जनसंख्याको १.२२%) रहेकोमा सोमध्ये १,७९,८७८ (५५.६४%) महिला र १,४३,४१० (४४.३६%) पुरुष जनसंख्या रहेको छ। जनसंख्या वृद्धिदर जम्मा ०.२५% रहेको छ। जिल्लामा ७८,३०९ घरधुरीहरू २,३६२ वस्तीहरूमा छरिएर रहेका छन्। साक्षरता ८४.९८ ५ रहेको छ भने ५३,१३० परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गर्दछन्।

यो पनि पढ्नुहोस् :   यी राशिको लागी अति शुभ रहेको छ आजको दिन, हेनुहोस् राशिफल

त्यसैगरी ८६.५१% हिन्दू, ९.४४% बौद्ध, १.२८% मुस्लिम, १.६९% क्रिश्चियन र १.०८% अन्य धर्मावलम्बीहरू बसोबास गर्ने यस जिल्लामा जातिगत हिसाबले हेर्दा २८% मगर, १३.५५% ब्राह्मण, १२.१७% गुरुङ्ग, १०.७९% क्षेत्री, ७.५५% नेवार, १५.६९% दलित (कामी, दमै, सार्की, सुनार, गन्धर्व) र १२.२६% अन्य जातिका मानिसहरू वसोबास गर्दछन्।

भौगोलिक अवस्थिति

गण्डकी नदीको जलप्रवाह क्षेत्रसँग आवद्ध यस जिल्लामा सीमा नदीको रूपमा पूर्वी दिशामा मस्र्याङ्दी र त्रिशुली नदी तथा दक्षिणमा कालीगण्डकी वहन्छ भने जिल्लाको मध्य भागमा मादी र सेती नदी प्रवाहित हुन्छ। यस जिल्लाको अधिकतम उचाइ भएका पहाडहरूमा छिम्केस्वरी २१३४ मिटर, सौगातकोट २२१५ मिटर, कोटाथाम १६३० मिटर, राईपुरकोट १५४१ मिटर, मिरलुङ्गकोट १४८४ मिटर र चोक १४२९ मिटर आदि हुन्।

सबैभन्दा होचा बस्तीहरूमा देवघाट १८७ मिटर, कोता २१० मिटर, दमौली ३७० मिटर आदि हुन्। यस प्रकारको तनहूँको अधिकांश भूभाग ३०० मिटर ( १२०० मिटर बीचको होचो पहाडी भू–भागमा पर्दछ। यस जिल्लाको पूर्वमा चितवन र गोर्खा, पश्चिममा स्याङ्गजा, उत्तरमा कास्की र लमजुङ तथा दक्षिणमा पाल्पा, नवलपरासी र चितवन जिल्ला रहेका छन्।

तनहुँ जिल्लामा २०६८ को जनगणना अनुसार साक्षरता दर ७४.८% रहेको छ। जस मध्ये महिला ६७.९% र पुरुष ८३.७% साक्षर छन्। बाल विकास केन्द्र ४९६, प्राथमिक विद्यालय ३७९, निम्न माध्यमिक विद्यालय १०३, माध्यमिक विद्यालय १०२, उच्च माध्यमिक विद्यालय ६२ र क्याम्पस १३ रहेका छन्। तनहुँ मानव विकास सूचाकांकका दृष्टिले अग्रणी जिल्लामा गनिन्छ।

कसरी रह्यो तनहुँ जिल्ला ?

तनहुँको नाम रहनाको कारण विभिन्न विद्वानहरूले फरकफरक पेश गरेका छन्। यसको नामाकरणबारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँसुर वरपरका ३ वटा चुचुराहरू, जहाँबाट तनहुँ राज्यको सुरक्षा व्यवस्था हेरिन्थ्यो, सोही ३ चुचुरालाई आधार मानेर भएर कालान्तरमा तनङ्गु र पछि तनहुँ हनु गएको हो। ‘वासुदेव रसानन्द’ संस्कृत ग्रन्थमा तनहुको तात्पर्य ‘त्रितङ्गु राजधन्यो’ भनेर लखेको पनि पाइन्छ।

यो पनि पढ्नुहोस् :   आस्था राउतलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइँदै

यस भेगका प्रमखु स्थानको नाउँको पछाडि ‘हुँ’ (काहुँ, मान्हुँ आदि) भनिने गरेकोले ‘तनङ्ग’मा ‘हुँ’ थपिएर ‘तर्नहुङ्ग’ हुँदै तनहुँ भएको पनि उत्तिकै पत्यारिलो देखिन्छ। प्राचीन समयमा तनहुँको दुई ठाउँमा तमारे र तामिन भन्ने गाउँ थिए र ती गाउँको नाउँबाट अपभ्रश भएर पछि तनहुँ रहनका साथै तनहुँ राजधानी रहेको तनहुँसुरमा र दमौली माथिको मानङ्गु डाडाँमा क्रमशः चिउडो सानो भएका (तनहुनु) र चिउँडो ठूलो भएका (महाहनु) श्रृषिले तपस्या गरको हुनाले आज यस रूपमा तनहुँ र मानहुँ नाम रहन गएको भन्ने पनि भनाइ छ।

जिल्लाको इतिहास

तनहँ जिल्लाको इतिहास हेर्दा यो जिल्ला केवल एउटा जिल्लाको नाम मात्र रहको पाइँदैन। नेपाल एकीकरण हुनुपूर्व चौबीसे राज्यहरुमध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान तनहुँ र चितवन जिल्लाका अतिरिक्त भारतको बिहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तर्गत रामनगर तथा वेतियाको भू–भागसम्म फैलिएको थियो।

वि.सं. १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म पृथक अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्दसेनका वंशज ९ जना सेनवंशी राजाहरुद्वारा शासित तनहुँ राज्य श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिन गयो।

दगाम तनहुँ

तनहुँले जन्माएका धेरै शिक्षा, साहित्य, कला, राजनीति, पत्रकारिता, उद्योग वाणिज्य आदि क्षेत्रका विशिष्ट व्यक्तित्वहरूमध्ये केहीको सूची यसप्रकार छ। तनहुँ जिल्ला वेदव्यास, नेपाली साहित्यका धुरन्धर विद्वान भानुभक्त आचार्यको जन्मस्थान पनि हो। नेपाली भाषा साहित्य र राष्ट्रिय संस्कृतिमा तनहुँ जिल्लाको अतुलनीय योगदान रहेको मान्न सकिन्छ।

पर्यटनमा तनहुँ

तनहुँको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा पहाडकी रानी नामले चिनिने बन्दीपुर छ। बन्दीपुर नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात स्थल हो। कुनैबेला भारतको विभिन्न शहर हुँदै तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र थियो, बन्दिपुर। पश्चिमको अपि, शैपालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालदेखि पूर्वमा गणेश, लाङटाङलगायत सयौँ चुचुरा यहाँबाट देख्न पाइन्छ। नेवारी कला र संस्कृतिमा निर्माण गरिएका भक्तपुरे शैलीका घर बन्दीपुरको प्रमुख आकर्षण हो। दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफा पनि बन्दीपुरको मुख्य आकर्षण हो।

यो पनि पढ्नुहोस् :   नेपालमा थप एक जनामा भेटियो कोरोना भाइरसको संक्रमण
शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीय भुजिकोट गाउँ ।

व्यास नगरपालिकामा रहेको छाब्दी बाराही मन्दिर, शुक्लागण्डकीको ढोरबाराही मन्दिर, म्याग्देको अकला मन्दिर, शुक्लागण्डकीको मुक्तिनाथ च्यवनधाम लगायतले पनि तनहुँको पर्यटनमा आयाम थपिरहेको छ। भानुको टुटेपानी, हिलेखर्क, मिर्छुलुङ, छिम्केश्वरी, धरमपानी, नावरुङ, रानागाउँ, थप्रेक, रघु, छापथोक, दगाम, रामकोट लगायतका गाउँहरु पर्यटकीय दृष्टिले विशेष महत्वका छन्।

नेपालकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थान देवघाट तनहुँ जिल्लामै पर्दछ। पर्यटन प्रवर्द्धनका लागि तनहुँको बन्दीपुरमा केवुलकार निर्माणको चरणमा छ। यसरी हेर्दा नेपालको मध्यभागमा रहेको तनहुँ जिल्ला शिक्षा, पर्यटन, इतिहास, सभ्यता र उत्पादनका दृष्टिले अग्रणी मानिन्छ।

(स्रोतहरुः जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला समन्वय समिति तनहुँ र लोकपाटी डटकम।)

सम्बन्धित पाेष्टहरु