The news from New Generation with new vision.

विमानस्थलबाट फेरि समातियो सुन, मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने २ भारतीय पक्राउ

काठमाण्डौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा किजाकेथिल नौसाद छन् ।

यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय ग्राम हिरा बरामद भएको छ ।

भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको जनाइएको छ । पछिल्लो एक हप्तामा मात्रै विमानस्थलबाट ६ किलो सुन बरामद भइसकेको छ ।

यो पनि पढ्नुहोस् :   यी राशिका लागी शुभ रहेको छ आजको दिन, हेनुहोस् राशिफल
सम्बन्धित पाेष्टहरु