The news from New Generation with new vision.

नायिका ऋचा शर्मालाई मातृशोक, ६७ वर्षको उमेरमा रिनादेवीको निधन

काठमाडौं । नायिका ऋचा शर्माको आमाको निधन भएको छ । ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।

रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै थिईन् । रिनादेवीलाई फिल्मी जगतका विभिन्न हस्तीले सोसल मिडियामार्फत् श्रद्धाञ्जली दिएका छन् ।

निर्देशक दिपाश्री निरौलाले ‘आमा हजुरको बैकुण्ठमा बास् होस्, ऋचा सम्हाल आफूलाई, सबै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्’ भन्दै ऋचाको आमासँगको तस्बिर पोष्ट गरेकी छिन् ।

यो पनि पढ्नुहोस् :   काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, पुस ११ गते भएका यी निर्णय सच्याइँदै
सम्बन्धित पाेष्टहरु