The news from New Generation with new vision.

कलंकी चोकसहित काठमाडौँका व्यस्त सडकमा एनआरएनएले बनाउदै छ यस्ता शौचालय

काठमाडौँ । काठमाडौँका व्यस्त चोकहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्न लागेको सार्वजनिक शौचालयको प्रारम्भिक ढाँचा सार्वजनिक गरेको छ ।

यसअघि महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने घोषणा गरेको थियो ।

एनआरएनले कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिललगायतका क्षेत्रमा महानगरले उपलब्ध गराउने जग्गामा शौचालय निर्माण गर्ने र सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिने बताएको थियो।

मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल गरिएको एनआरएनका अध्यक्ष कुमार पन्तले बताए । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने उनको विश्वास छ ।

शौचालयको प्रारम्भिक ढाँचा सार्वजानिक गर्दै अध्यक्ष पन्तले सुझावको लागि पनि आह्वान गरेका छन् । उनले भनेका छन्– ‘यहाँहरूसँग पनि कुनै सुझाव, प्रविधि वा नवीन उपाय छन् भने हामीसँग हातेमालो गर्न सक्नुहुनेछ ।’

यो पनि पढ्नुहोस् :   नेपालमा थप एक जनामा भेटियो कोरोना भाइरसको संक्रमण
सम्बन्धित पाेष्टहरु